राष्ट्रिय जनमोर्चा संघीयता खारेजीको एजेण्डा लिएर चुनावमा जाने

सत्ता गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चा संघीयता खारेजीको एजेण्डा लिएर स्थानीय निर्वाचनमा जाने भएको छ ।

राष्ट्रिय जनमोर्चाले आज लुम्बिनी प्रदेशको बुटवलमा पत्रकार सम्मेलन गरी स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरे । जसमा संघीयता खारेजीकाे एजेन्डालाई प्राथमिकता दिइएको छ ।

घोषणापत्रको मूल नारा नै ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ राखिएको छ ।

अध्यक्ष केसीले पटकपटक संघीयताकाे विराेध गर्दै आएका छन् ।

यता राजेन्द्र लिङ्देन, कमल थापा, रविन्द्र मिश्र जस्ता नेताहरु पनि संघीयता खारेजीकाे पक्षमा छन् । उनीहरु हिन्दु राज्य स्थापना गर्नुपर्ने एजेण्डामा छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्