श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जोखिम क्षेत्रमा काम गर्ने श्रमिकले उठाएका मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताएका छन् ।
हिजाे नेपाल इलेक्ट्रिसियन संघको कार्यक्रममा बोल्दै उनले इलेक्ट्रिसियन क्षेत्र धेरै जोखिम हुने क्षेत्र भएकाले त्यहाँका श्रमिकलाई साम्बोधन हुने गरी काम गर्ने बताए ।
उनले आफू सधै श्रमिकको न्यायको पक्षमा भएकाले उनीहरुका समस्या, पिडा र सुरक्षाका लागि सधै तयार रहेको बताए ।
साथै उनले यो प्राविधिक सीप बोकेर सधै विद्युतसँग लुकामारी गर्ने जोखिमयुक्त काम भएकाले इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने कामदारको हितार्थ लाग्ने बताए ।
इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने व्यक्तिहरुको प्रतिष्ठा समाजमा जुन रुपमा पुग्नुपर्ने हो सो नभएको भन्दै उनले आफूले समाजले गर्ने व्यवहार परिवर्तनका लागि पनि पहल गर्ने बताए ।

