निर्वाचन आयोगले काठमाडौँसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, कास्की, मोरङ र झापा जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा) को जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औँठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ । रासस