ताप्लेजुङमा कुटपिट गरी श्रीमतीको हत्या

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।

फुङ्लिङ नगरपालिका–९ हाङ्देवा गाइगुडेका ५६ वर्षीय बलबहादुर साँबाले आफ्नी श्रीमती ५४ वर्षीया कान्छीमाया लिम्बूको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार हिजाे करिब ५ बजेतिर साँबाले कुटपिट गरी श्रीमतीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार घरायसी विवाद हुँदा साँबाले श्रीमतीमाथि अन्धाधुन्द कुटपिट गरेका थिए ।

कुटपिटकै क्रममा कान्छीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

प्रहरी निरीक्षक कार्कीकै नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घटनाको मुचुल्का (विवरण) सङ्कलन गरी सव उठाएर सदरमुकाम फुङ्लिङ ल्याइएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img