जनता समाजवादी पार्टीबाट कारबाहीमा परेका डा. बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ गठन गर्ने तयारी थालेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आफू निकटका दिपक लामिछानेले गत फागुनमा निर्वाचन आयोगमा दर्ता गराएको ‘समावेशी लोकतान्त्रिक पार्टी’कै नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी घोषणा गर्न लागेका हुन् ।

भट्टराईले घोषणा गर्ने नयाँ पार्टीमा तीन जना अध्यक्ष राख्ने तयारी गरिएको छ ।

जसमा एकजना भट्टराई आफै बस्दैछन् भने मधेसी र जनजाति समुदायबाट एक/एक जना राख्ने तयारी गरिएको हो ।
जसपामा रहेका बेला भट्टराई संघीय परिषद् अध्यक्षको जिम्मेवारीमा थिए ।

तर, भट्टराईले गलत तरिकाले पार्टी कब्जा गर्ने अभियान चलाएको भन्दै २९ र ३० गते मधेस प्रदेशको वीरगन्जमा बसेको जसपा केन्द्रीय समितिको बैठकले उनीसहित नौजनालाई जिम्मेवारीमुक्त गरेको थियो ।