किरात सिरिजङ्गा लिपि प्रशिक्षण सम्पन्न

किरात राई यायोक्खाको आयोजनामा किरात सिरिजङ्गा लिपि लेखनसम्बन्धी एकहप्ते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

किरात सिरिजङ्गा लिपि प्रशिक्षण कार्यक्रम गत साउन ७ गतेदेखि सुरु भएको थियो ।

आज काठमाडाैंस्थित यायोक्खाको केन्द्रीय कार्यालय कोटेश्वरमा एक कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रमकाे समापन गरिएकाे छ भने प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रशिक्षण भर्चुअल माध्यमबाट हरेक दिन बेलुकी ७ देखि ९ बजेसम्म दिइएको थियो ।

प्रशिक्षकको रुपमा लिपि अभियान्ता तथा संस्कृतिकर्मी तीर्थराज मुकारुङ, पत्रकार तथा संस्कृतिकर्मी गणेश राई र त्रिभुवन विश्वविद्यालयका उप्राध्यापक तथा भाषाविद् डा. तारामणि राई थिए ।

तीर्थराज मुकारुङ र गणेश राईले लिपि लेखनबारे प्रशिक्षण दिएका थिए भने डा. तारामणि राईले लिपि र भाषाको सम्बन्ध तथा स्वरवर्णहरुका बारेमा जानकारी गराएका थिए ।

प्रशिक्षणमा लिनेहरु आफ्नाे र परिवारको सदस्यहरुको नाम लेख्न सक्ने भएको र केहीले त चिठ्ठी र निबन्ध समेत लेख्न सक्ने भएको प्रशिक्षक तीर्थराज मुकारुङले बताए ।

प्रशिक्षणमा करिब ७५ जना सहभागी थिए, जसमा एकजना नेवार र एकजना थामी समुदायका पनि थिए ।

प्रशिक्षणमा सहभागी भएकाहरुलाई यायोक्खा अध्यक्ष दिवस राईले प्रमाणपत्र प्रदान गरेका हुन् ।

यायोक्खाले मञ्जु सोताङ राईको संयोजकत्वमा पाँच सदस्यीय किरात सिरिजङ्गा लिपि प्रशिक्षण उपसमिति गठन गरेको थियो ।

उक्त उपसमितिले नै प्रशिक्षणको आयोजना गरेको हो ।

चार किरातजन्य संस्थाले किरात सिरिजङ्गा लिपिलाई साझा रुपमा प्रयोग गर्ने निर्णय गरेसँगै यायोक्खाले लिपि प्रशिक्षण कार्यक्रम गरेको हो ।

आगामी दिनमा पनि भर्चुल रुपमा र भौतिक रुपमै लिपि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्