घुस लिएको आरोपमा मोहन्याल गाउँपालिकामा कार्यरत अधिकृतविरुद्ध मुद्दा

कैलालीको मोहन्याल गाउँपालिका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध  ४४ हजार रुपियाँ घुस लिएको आरोप मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आइतबार अधिकृत बुढाक्षेत्रीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो।

साउन १ गते सेवाग्राहीबाट ३० हजार रुपियाँ घुस लिएको अवस्थामा बुढाक्षेत्रीलाई नियन्त्रणमा लिइएको थियो। आयोगले छैटाैं अधिकृत बुढाक्षेत्रीले सेवाग्राहीसँग सामानको बिल भुक्तानी गर्नका निम्ति १४ हजार रुपियाँ बैंक खातामा समेत ट्रान्सफर गर्न लगाएको अनुसन्धानबाट खुलेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम  बुढाक्षेत्रीविरुद्ध कैद र जरिवाना सजायको माग दाबीसहित विशेष अदालतमा आइतबार मुद्दा दायर भएको हो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img