सामाजिक न्याय, समानता र मुक्तिको संघर्ष सँगसँगै सम्पदाको रक्षाको निम्ति निरन्तर खटिरहेकी लुमिन ताम्राकार तीन दिनअघि राष्ट्रिय जनमुक्ति पार्टीमा प्रबेश गरेकी छन् ।
ताम्राकारलाई पार्टी कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले पार्टी सदस्यता पत्र प्रदान गरी खादा लगाएर स्वागत गरे ।
लुमिनलाई पार्टी नेता बिधुप्रकाश कायस्थ (उपाध्यक्ष), बलदिप राई (उपाध्यक्ष), मानबहादुर राई (कोषाध्यक्ष), डिके सूर्यवंशी (सह-कोसाध्यक्ष), रोशन अस्लामी (संघीय सचिवालय सदस्य)ले खादा लगाएर स्वागत गरेका थिए ।
