जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको पहिलो बैठक बुधबारदेखि ललितपुरको बालकुमारीस्थित ज्यापु प्रज्ञा भवनमा सुरु भएको छ ।
बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबारे छलफल हुनेछ ।
जसपाले मंसिरको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ ।
निर्वाचनका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने र एक्लै लड्ने अवस्था सिर्जना हुँदा पनि चुनाव लड्नुपर्ने जसपाको तयारी छ ।
बैठक बिहीबार पनि हुनेछ । जसपाको राजनीतिक समिति १५१ सदस्यीय छ ।






