सहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् ।

संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसूति कक्ष भवनको उदघाटन कार्यक्रममा मन्त्री चौधरीले सो निर्देशन दिएका हुन् ।

नेपालमा तल्ला तहका कर्मचारीलाई अपमान गर्ने प्रबृत्ति रहेकाले सुधार्नु पर्ने उनले बताए ।

‘हाकिम भएँ भनेर नसोच्नुस्, ठूलो भएँ भन्ने नसोच्नुस् । कुचिकारले काम नगरे के होला ? अस्पताल सफा हुन सक्ला ?’ मन्त्री चौधरीले भने, “तपाईँहरुले अलि बढी पढ्नुभएको होला । तलब पनि बढी खानु होला । तर आफूभन्दा तल्लो तहका कर्मचारीलाई हेप्ने काम नगर्नुहोला ।”