जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले नेपाली कांग्रेसका नेता प्रदीप गिरी थुप्रै काम बाँकी छोडेर सधैका लागि विदा भएको बताएका छन् ।

७५ वर्षीय गिरिको हिजो घाटीको क्यान्सरबाट निधन भएपछि उनलाई श्रद्धाञ्जली दिँदै नेता राईले सो कुरा बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘मित्र प्रदीप गिरी रहनुभएन । सम्झनाहरु छाडेर विदा हुनुभयो । थुप्रै कामहरु बाँकी नै थिए यहाँलाई नै पर्खिरहेका, छाडेर जानुभयो । सदाको लागि विदा प्रदीपजी । हार्दिक श्रद्धाञ्जली छ, परिवारजनलाई समवेदना छ ।’