जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री शिवलाल थापा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट उठ्ने भएका छन् ।

आज जिल्ला समन्वय समिति तनहुँको पार्टी कार्यालय उद्घाटन गर्दै नेता थापाले मंसिर ४ को निर्वाचनमा तनहुँ–१ बाट उठ्ने घोषणा गरेका हुन् ।

तनहुँ–१ मा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले पनि चुनाव लड्ने घोषणा गरेका छन् । यसैगरी नेकपा एकीकृत समाजवादीबाट कृष्णकुमार श्रेष्ठ नै उम्मेदवार बन्ने तयारीमा छन् ।

२०७४ सालको निर्वाचनमा श्रेष्ठले नै कांग्रेस नेता पौडेललाई हराएका थिए ।

सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै निर्वाचन लड्ने सहमति भए पनि हाल देशैभरि ती दलका विभिन्न नेताहरुले आ-आफ्नाे निर्वाचन क्षेत्रमा चुनाव लड्ने घाेषणा गरिररहेका छन् ।