सानो पद नपाउँदा पार्टी छाेड्छु भन्ने ! खै त हामीले पहिचान कहाँ सम्झियौ ?

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले सानो पद वा अवसर नपाउँदैमा पार्टी छोड्छु भनेर धम्की दिने कार्यकर्ताहरुलाई ‘खै त हामीले कहाँ पहिचान सम्झियाैं ?’ भन्ने प्रश्न गरेका छन् ।

जसपा ठूलो मिसन र उदेश्य लिएर हिडिरहेको तर कतिपय कार्यकर्ताहरु भने सानो पद वा उदेश्यमै तछाडमछाड गरिरहेको उनकाे गुनासो छ ।

‘उम्मेदवारले जित्ने खालको ठाउँ छ भने तलाई कि मलाई भनेर तछाडमछाड गर्ने, जिल्ला समन्वय समितिको अध्यक्ष पाउने ठाउँ छ भने तलाई कि मलाई भनेर झगडा गर्ने, मनोनयन गरेर कार्यपालिकाको कार्यकारिणीमा पठाउनुपर्नेछ भने तँ कि म भनेर बेस्सरी झगडा गर्ने,’ गत स्थानीय निर्वाचनमा कार्यकर्ताहरुले देखाएको व्यवहारमाथि टिप्पणी गर्दै अध्यक्ष राईले भने, ‘हो दाबी गर्ने अधिकार सबैको हुन्छ । तर पार्टीले जसलाई निर्णय गर्छ उहाँले पाउनुभो भनेर स्वीकार गर्ने, त्यो हो नि त तरिका त । तर मलाई चाहिँ नगर्ने अर्कालाई मात्रै गर्ने भन्ने, अनि पार्टी छोड्छु भन्ने, खै त हामीले पहिचान कहाँ सम्झियौं त ?’

जसपा जिल्ला समन्वय समिति पाँचथरले आज फिदिममा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले केही कार्यकर्ताहरु सानो पद र उदेश्यमै झगडा गरिरहेको गुनासाे गरेका हुन् ।

उनले भने, ‘हामी ठूलो उदेश्यका निम्ति लड्दैछौं, सानो उदेश्यका निम्ति झगडा गर्नुहुँदैन, सानो चिजमा अलमलियौं भने ठूलो चिज गुमाउँछाैं ।’

सो क्रममा उनले पार्टीले लिएको उदेश्य पूरा हुन्छ भने आफूले संघीय परिषद् अध्यक्ष पद पनि अरुलाई नै सुम्पिएर पार्टीको सिपाही मात्रै भएर लड्न पनि तयार रहेको बताए ।

‘सायद मलाई साथीहरुले उद्दार भइस् भन्नुको कारण कतिपय पद-पदाधिकारीहरु तपाईंले दाबी नै गर्नुहुन्न, मागै राख्नुहुन्न भन्ने अर्थमा पनि होला । तर मेरो अनुरोध यहाँहरुलाई के छ भने मैले त्यो नसकेर नजानेर बिर्सिएर नगरेको होइन । त्यसो गर्दा हाम्रो उदेश्यमाथि आघात पुग्छ भने म उठाउदिनँ,‘ उनले भने, ‘मचाहिँ बिल्कुल जसपाको सिपाही मात्रै भएर लड्न तयार छु यदि हाम्रो उदेश्य प्राप्त हुन्छ भने ।’

कार्यक्रममा जसपाकी केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठले पनि आफ्नाे भनाइ राखेकी थिइन् भने राजनीतिक समिति सदस्य निर्मला तावा, केन्द्रीय सदस्य दीपेन्द्र आङदेम्बे, प्रेमराज लावती, मछिन्द्रप्रसाद बेगा, राजेन्द्रकुमार जवेगुलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img