आहुती नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख सागर लिम्बूसहित एक दर्जन नेता–कार्यकर्ता नेकपा (बहुमत)मा प्रवेश गरेका छन् ।

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले हिजाे काठमाडाैंमा एक कार्यक्रम गरी लिम्बूसहित
केन्द्रीय सदस्यहरु बद्रीकुमार चौलागाईं, सकल लिम्बू, बद्री चौलागाईं, सविन दाहाल, आतिश मिश्र, निश्चल परियार र रामचन्द्र बलामीलाई पार्टीमा स्वागत गरेका हुन् ।

साे क्रममा उनले पुष्पलाल, मोहन वैद्य, प्रचण्ड हुँदै विप्लवले दिएका अस्पष्ट कार्यदिशाकै आधारमा पार्टी चलाएकोले नेपाली कम्युनिष्टहरु घुमिफीरी संसदीय दलदलमा फस्न पुगेको बताए ।

बास्तोलाले २०३५-३६ सालदेखि कम्युनिस्ट तथा क्रान्तिकारी उतारचढाव र सफलता-असफलताको गम्भिर समिक्ष गरेर नेकपा (बहुमत) निर्माण गरेकोले आफ्नो पार्टी क्रान्तिकारी र जनपक्षीय हुने दाबी गरे ।

नेकपा बहुमतमा प्रवेश गरेका सागर लिम्बूले नेपालमा विभिन्न टुटफुटले नेपाली जनताको ठूलो आशा र भरोसामा तुसारापात भएको र प्रचण्डदेखि विप्लवले केबल आफू आफ्नो वरिपरीको लागि दशवर्षे जनयुद्धको उपलब्धिको दुरुपयोग गरेको आरोप लगाए ।

उनले बहुमतमा परिपक्व र बौद्धिक नेताहरुले नेतृत्व गरेको हुँदा उत्पीडित जनताले मुक्ति पाउने आशा रहेको बताए ।

हाम्राे च्यानल सब्स्क्राइभ गर्नुहाेलाः