गायक शम्भु राई धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका छन् ।
राईलाई नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवार सिफारिस गरेकाे हाे ।
माओवादी केन्द्रले धनकुटामा गायक राईका साथै प्रत्यक्षतर्फ युवा नेता हेमराज भण्डारीलाई सिफारिस गरेकाे छ ।
माओवादी केन्द्रले प्रदेश क र ख प्रत्यक्षतर्फ ४/४ जना तथा समानुपातिकतर्फ ५/५ जना सिफारिस गरेको छ ।
