किरात राई पत्रकार संघ खोटाङकाे अध्यक्षमा असल चरित्र चयन भएका छन् ।

संघका आज सम्पन्न पाँचाै जिल्ला अधिवेशनले असल चरित्रकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेकाे हाे ।

जसमा कृष्णकला राई उपाध्यक्ष, याेगिन राई सचिव, रेमन राई सहसचिव र मेनुका चाम्लिङ काेषाध्यक्ष छन् ।

सदस्यहरुमा क्रिष्टिना राई, जीवन चाम्लिङ, अशोक राई, एल्जिना राई, पवित्रा राई र सदिक्षा राई छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा उजुर राई, सञ्जिव राई, गोमा राई र टिवन राईलाई चयन गरेकाे छ ।