ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ ।

पम्प सञ्चालकले सार्वजनिक जग्गामा लामो समयदेखि पेट्रोल पम्प सञ्चालन गर्दै आएको र हटाउन पटक–पटक पत्र लेख्दा पनि अटेर गरेकाले पम्प सिल गर्नुपरेको महानगर प्रमुख चिरिबाबु महर्जनले बताए ।

प्रमुख महर्जनले सो पम्पबारे महानगरको बैठकमा पटक–पटक कुरा उठ्ने गरेको बताए ।

उनले भने, “यो सार्वजनिक जग्गा हो । पहिला ४० देखि ४२ सालमा पञ्चायतकालमा कसरी मिलाइयो । महानगरले बैठक राखेर धेरै पटक पत्र काटिसक्यो । अहिलेसम्म कार्यान्वयन नगरेकाले बाध्य भयौँ ।”