लेखक खगेन्द्र संग्रौलाले संघीयताविरोधी, राजावादी र नश्लवादीहरुको नेतृत्व एमालेले लिएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक खारेज गरेपछि सोको समर्थनमा एमालेसहितका अन्य केही लागेका र ती सबैको नेतृत्व एमालेले लिएको संग्रौलाको टिप्पणी छ ।

संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘लगभग ५ लाख अनागरिक नेपालीलाई नागरिकताबाट वञ्चित गर्दै छाया राष्ट्रपति विद्यादेवीले नागरिकता विधेयक खारेज गरिन् । यो खारेजीको समर्थनमा छिटफुट अपवादलाई छोडेर संघीयताविरोधी, राजावादी र नश्लवादी लाइन लागे । र, यी सबैको तत्कालको नेतृत्व लियो एमालेको ओली प्रवृत्तिले । देखियो है रमिता ।’