नेपाली समाज बेल्जियम अध्यक्षलाई मातृशोक

जनता समाजवादी पार्टी नेपालका प्रवास संगठन नेपाली समाज बेल्जियमका अध्यक्ष नेत्रबहादुर मगरलाई मातृशोक परेको छ ।

एनआरएनएका पूर्वकेन्द्रीय सदस्य समेत रहेको मगरको आमा लक्ष्मीकुमारी मगरको गत असोज ३ गते काठमाडौंको गंगालाल अस्पतालमा उपचारको क्रममा ८७ वर्षको उमेरमा निधन भएको हो ।

दिवंगत् मगरको आज काठमाडौंको स्वयम्भुमा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

जसमा जसपा नेपालका संघीय परिषद् अध्यक्ष अशोक राई सहभागी भएका थिए ।

हाल बेल्जियममा बस्दै आएका नेता मगर मगर संघ लगायत विभिन्न सामाजिक संस्थामा समेत क्रियाशील छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img