बातलाबाकाे २२औं श्रंखला सम्पन्न

“कला साहित्यमा निरन्तर बहस” भन्ने उद्घोषका साथ अखिल नेपाल लेखक संघ केन्द्रीय समितिको आयोजनामा बातलाबा कार्यक्रमको २२औं श्रंखला राजधानीस्थित पद्मोदय माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

“स्रष्टापरक अध्ययन, लेखकको मृत्यु र उत्तरआधुनिकता” विषयक बहस तथा कविता वाचन कार्यक्रममा अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुवेदीकाे अध्यक्षता रहेकाे थियाे ।

कार्यक्रममा संघका सल्लाहकार प्रा.डा. राजनप्रसाद पोखरेल, जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्य तेजविलास अधिकारी, अखिल नेपाल लेखक संघका उपाध्यक्ष तथा बातलाबा विभाग संयोजक स्वप्निल स्मृति, संघका सचिवद्वय डा. कौशिला रिसाल र जित अधिकारी, साहित्यकार पोषराज पौडेल, केशरी अम्गाई, संघका कोषाध्यक्ष प्रकाश तिवारी, केन्द्रीय सचिवालय सदस्य तथा बाग्मती प्रदेश कमिटीका अध्यक्ष अगिव बनेपाली, शिक्षासेवी भोला ढकाल, दुर्गानारायण ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रगतिशील लेखक संघ नेपालका अध्यक्ष डा. मधुसुदन गिरीले “स्रष्टापरक अध्ययन, लेखकको मृत्यु र उत्तरआधुनिकता” विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए भने सहप्राध्यापक भीम रेग्मीले कार्यपत्रमाथि टिप्पणीसहित पूरक धारणा राखेका थिए ।

संघका केन्द्रीय सदस्य सन्तोष सिम्खडाको सञ्चालनमा सम्पन्न कार्यक्रममा कविहरू शेखर अर्याल, सुशीला शर्मा, डिल्लीराम राई (नाकारा), दुर्लभ काइँला, सुमन पुडासैनीलगायतले आआफ्ना कविता वाचन गरेका थिए ।

वाचित कविताहरुमाथि कवि प्रगति राईले समीक्षा गरेकी थिइन् ।

कार्यक्रममा लेखक तथा समालोचक डा. अम्बिका अर्याल, लेखक तथा उपप्राध्यापक जीवन जीवन्त, पत्रकार धनबहादुर मगर, कवि मिसन अधिकारी, सञ्चारकर्मी विक्रम `चेतनशील´ राई, लेखक तथा साहित्यकार पुरुषोत्तम रिजाल, सोनाम`सज्जन´ किराती, दीप कुलुङ, संवाद बस्नेत लगायतको उपस्थिति थियाे ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

4 COMMENTS

  1. समाचार प्रकाशनका लागि हार्दिक आभार salpaonline.com परिवारलाई । र , सहजीकरणका लागि धेरै- धेरै धन्यवाद प्रिय मित्र सोनामजीलाई ।🙏🙏

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img