इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमालेका नेता द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।
पूर्वमेयर चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको सत्य भएको बताएका छन् ।
उनले भने, ‘तर माओवादी प्रवेश गर्न लागेको कुरा सत्य हो ।’
चाैधरी भाेलि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातको टीका लगाएर प्रवेश गर्नेछन् ।
