‘राई इज किङ’ राजेश पायल राईलाई केआरएसएद्वारा अभिनन्दन

संयुक्त राज्य अमेरिका, डालस । किरात राई सोसाइटी अफ अमेरिका, केआरएसए टेक्सासले मेघा स्टार राई इज किङ राजेश पायल राईलाई एक भब्य समारोहकाबीचमा अभिनन्दन गरेको छ ।

किरात परम्परा अनुसार संस्थाका अध्यक्ष दिलिप राईले फेटा बाँधेर तथा खादा लगाएर डालास सहरको अर्भिङस्थित रेष्टुरेन्टमा अभिनन्दन गरेका हुन् ।

‘खोटाङको बुइपामा जन्मेर संसारभरिका विभिन्न भाषामा गीत गाइसकेका राजेश पायल राई नेपाली सांगीतिक आकाशका नक्षत्र हुन्,’ केआरएसए टेक्सासका अध्यक्ष राईले भने, ‘संस्थाले उहाँको सम्मानमा मिट एण्ड ग्रिट कार्यक्रम राखी अभिनन्दन गरेको हो ।’

सो अवसरमा राजेश पायल राई फाउण्डेसन मार्फत आर्थिक तथा सामाजिक आभियान समेत राखेका राजेश पायल राईले संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै किरात एकता र पहिचानका लागि संसारभरिका किरात राईहरु मिलेर अघि बढनुपर्ने बताए ।

भ्वाइस अफ नेपाल सिजन–४ का निर्णायक मण्डलमा समेत रहेका गायक राजेश पायल राई हाल संयुक्त राज्य अमेरिकाको सातवटा सहरमा सांगीतिक कार्यक्रमका क्रममा छन् ।

केआरएसए, टेक्सास च्यापटरले किराती खेल प्रत्येक वर्षको उभौली/उधौलीमा धनुवाण/आर्चरी प्रतियोतिता, मैत्रीपूर्ण फुटबल, देउँसी–भैलो सांस्कृतिक कार्यक्रम, मानवीय कार्यका लागि आर्थिक तथा भौतिक सहयोग लगायतका कार्य गर्दै आएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img