शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान निधन भएको छ ।

उनको १०३ वर्षको उमेरमा आइतबार बिहान ललितपुरस्थित किष्ट अस्पतालमा निधन भएको उनकी भतिजी देवकी श्रेष्ठले जानकारी दिइन् ।

‘बिहानै अक्सिजनको लेभल एकदमै घट्यो भन्ने खबर आयो । हामी अस्पताल पुग्दा उहाँलाई भेट्न सकेनौँ’, भतिजी देवकी श्रेष्ठले भनिन्, ‘ठ्याक्कै समय त थाहा भएन बिहान सात बजेतिर उहाँको निधन भएको हो ।’

जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना गरिएको थियो ।

सोही समयमा रगतको जाँच गर्दा उनलाई डेंगु पुष्टि भएको थियो ।

एक सातादेखि नै छातीमा निमोनिया सङ्क्रमण, मुटुको चालमा घटबढ भइरहेका जोशीलाई जति औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको चिकित्सकले बताएका थिए । गाेरखापत्र अनलाइन