धरानमा नेकपा माओवादी केन्द्रका डेढ दर्जन युवाहरु जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् ।

धरान उपमहानगर– १७ रेलवेका आदेश चर्मकार, प्रज्वल मगर, रोशन विक, विमल श्रेष्ठ, अर्जुन मगरलगायत १८ जना युवाहरु सोमबार जसपा संघीय परिषद् अध्यक्ष तथा सुनसरी क्षेत्र नं १ का एमाले–जसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक राईको रेलवेस्थित निवासमै पुगेर पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई अध्यक्ष राईले खादा लगाएर पार्टीमा स्वागत गरे ।

जसपा प्रदेश १ समिति सदस्य कृष्ण लिम्बू र समाजवादी विद्यार्थी युनियन प्रदेश १ समितिका उपाध्यक्ष श्री लिङ्खिमको पहलमा उनीहरु जसपा प्रवेश गरेका हुन् ।

कार्यक्रममा जसपा केन्द्रीय सदस्य दुर्गामाया लिम्बू, मनोजकुमार किराती, क्षेत्रीय समिति अध्यक्ष तथा निर्वाचन परिचालन समिति संयोजक नगेन्द्र पारघरी लिम्बू, किरात राष्ट्रिय समिति सदस्य योसा सुनुवार, धरान नगर समिति सदस्य केदार राई, रञ्जित राई, मिलन राई लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण निर्वाचन परिचालन समिति संयोजक नगेन्द्र पारघरी लिम्बूले गरेका थिए ।

यसैबीच सोमबार नै धरान उपमहानगर–२० विष्णुपादुकामा पनि स्थानीय प्रभावशाली युवाहरु जसपामा प्रवेश गरेका छन् ।

सन्जोक राई, मौसम राई, पुष्पा राई, विवेक लिम्बू, कुसुम राई र सनिल राई जसपामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई जसपाका राजनीतिक समिति सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिक उम्मेदवार भीम राईले खादा लगाएर स्वागत गरेको जसपा धरान उपमहानगर वडा नं २० समितिका अध्यक्ष रमेश राईले जानकारी दिए ।

कार्यक्रममा जसपा धरान नगर समितिका सदस्य सन्देश राई र गमबहादुर राई, वडा नं २० का अध्यक्ष रमेश राई, सचिव जीवन राई, युवा नेता करुण राईलगायत उपस्थित थिए ।