याैन सम्बन्धकाे प्रस्ताव राखेर ‘ब्ल्याकमेलिङ’ गरेकाे अभियाेगमा तीन जना पक्राउ

यौन सम्बन्धको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ गर्न खोजेको अभियाेगमा प्रहरीले एक पुरुष र दुई महिलासहित तीन जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार मोटो रकमको डिल गर्दै गर्दा घोराहीको एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिइएकाे हाे ।

पर्नेमा घोराही उपमहानगरपालिका-१० नारायणपुरका २७ वर्षीय रुद्रवहादुर केसी, तुलसीपुर उपमहनागरपालिका-१८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णकुमारी बस्नेत, गढवा गाउँपालिका-६ घर भई तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराज रहेका छन् ।

उनीहरूले तुलसीपुरका एक जना व्यवसायीलाई ब्ल्याकमेलिङ गर्दै मोटाे रकम नदिए बलात्कार मुद्दा हाल्ने भनेर धम्की दिँदै आएका थिए ।

पीडित व्यवसायीले आफूलाई यौन सम्बन्धको प्रस्ताव राख्दै ब्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img