नेपालका दलित मुक्ति अभियान्ता तथा राजनीतिज्ञ दलमर्दन कामीलाई भारतको नयाँ दिल्लीमा सम्मान गरिएको छ ।
दलित एकता सञ्जाल नेपाल भारत राष्ट्रिय समन्वय समितिले आइतबार दिल्लीमा एक कार्यक्रमको आयोजना गरी कामीलाई सम्मान गरेको हो ।
जनता समाजवादी पार्टी नेपालका नेता समेत रहेका कामीलाई दलित मुक्ति र उत्थानका लागि निरन्तर लागेकाेमा सम्मान गरेकाे हाे ।
उनी केही दिनअघि उपचारका लागि दिल्ली पुगेका थिए ।

