जातिप्रथा, छुवाछूत, रङ्गभेद र धर्मभेदजस्ता सामाजिक कुप्रथा पूर्ण रूपमा निर्मूल गर्नुपर्ने मागसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले समाजका यस्ता कुप्रथा पूर्ण रूपमा निर्मूल नभएसम्म सामाजिक न्याय प्राप्त नहुने र लोकतन्त्रसमेत सफल नहुने निष्कर्ष निकालेको नेपाल–भारत दलितमैत्री संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनमा २१औँ शताब्दीमा छुवाछूत तथा जातिप्रथा कायम रहनु अस्वाभाविक र निन्दनीय भएको, विश्वका सबै मानवतावादीले यस्ता कुप्रथा हटाउन अभियान चलाउनुपर्ने र शिक्षा, स्वास्थ्य, राजनीति तथा आर्थिक उत्थानमा दलित समुदायको स्तरोन्नतिका लागि सरोकारवालालाई ध्यान दिन जोड दिएको छ ।
मंसिर २७ देखि २८ गतेसम्म सो सम्मेलन भारतको दिल्लीमा आयोजना भएको थियो ।
