जसपाले सुरु गर्यो संसदीय दलको नेता छान्ने प्रक्रिया

मिथिलेशकुमार सिंहको नेतृत्वमा निर्वाचन समिति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेता चयन गर्नका लागि भर्खर मात्रै प्रक्रिया सुरु गरेको छ ।

दलको नेता चयनका लागि गत शुक्रबार वरिष्ठ अधिवक्ता मिथिलेशकुमार सिंहको संयोजकत्वमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

समितिले आज (आइतबार) बाट मात्रै काम सुरु गर्ने सदस्य अर्जुन थापाले बताए ।

उनका अनुसार जनता समाजवादी पार्टी नेपालको संघीय संसदीय दलको विधान–२०७८ अनुसार नै निर्वाचन समिति गठन गरी प्रक्रिया अघि बढाइएको हो ।

प्रायः सबै दलहरुले संसदीय दलको नेता चुनिसकेका बेला जसपाले भने अझै दुईदेखि तीन दिनपछि मात्रै दलको नेता पाउने अनुमान गरिएको छ ।

गत मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि जसपाका सात प्रत्यक्ष र पाँच समानुपातिक गरी प्रतिनिधिसभामा १२ जना संघीय सांसद निर्वाचित भएका छन् ।

तीनै १२ जना सांसदहरुमध्येबाट एक जनालाई दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरिएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्