जसपाले भन्योः संसदीय दलको नेता चयन भएको छैन [विज्ञप्तिसहित]

जनता समाजवादी पार्टी नेपालले आप्mनो पार्टीको संसदीय दलको नेता चयन भनी केही अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा आएको समाचार भ्रमपूर्ण रहेको जनाएको छ ।

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा कार्यालय सचिव प्रकाश अधिकारीले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी उक्त समाचार भ्रमपूर्ण रहेको जनाएका हुन् ।

विज्ञप्तिमा जसपाको संसदीय दल समायोजन हुन बाँकी रहेको, दलको विधान बनाउन बाँकी रहेको र पार्टीको अन्तरिम विधानको धारा २८ को उपधारा ३ बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदन हुनुपर्ने अनिवार्य व्यवस्था रहेको र हालसम्म दलको विधान अनुमोदन नै नभएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी संसदीय दल हालसम्म समायोजन नभएको साथै दलको विधान समेत नबनेको तथा जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधान–२०७७ को धारा २८ को उपधारा ३ बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्ने अनिवार्य व्यवस्था बमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदन समेत नभएको र संसदीय दलको कुनै बैठक पनि नभएकोले उक्त समाचार भ्रमपूर्ण रहेकोले सम्बन्धित सबैमा जानकारी सहित स्पष्ट गरिन्छ ।’

जसपाका दुई अध्यक्षमध्ये एक महन्थ ठाकुर समूहले आफूहरुको दलको संसदीय दलको नेता राजेन्द्र महतो चयन गरिएको भनी मिडियाबाट प्रचारबाजी गरेका थिए ।

फुटको संघारमा रहेको जसपाको महन्थ र राजेन्द्र महतो पछिल्लो समय आदिवासी जनजाति तथा मधेसी विरोधी छबि बनाएका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको समर्थनमा उत्रिएका छन् ।

महन्थ समूहले पार्टीको विधान र पद्धति विपरीत काम गर्न थालेकाले जसपा फुटको संघारमा पुगेको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्