‘राई’ जातिको विभाजन नहुने गरी तथ्यांक निकाल्न विभागलाई आग्रह

काठमाडाैं । किरात राई यायोक्खाले किरात राई जातिलाई विभाजन नगर्ने गरी तथ्यांक सार्वजनिक गर्न केन्द्रीय तथ्यांक विभागलाई सुझाव दिएको छ ।

यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईसहितको टोलीले सोमबार काठमाडौंको थापाथलीस्थित विभागमा पुगेर उक्त सुझाव दिएको हो ।

यायोक्खाको टोलीले विभागका कामु प्रमुख नेविलाल श्रेष्ठ र निर्देशक ढुन्डिराज लामिछानेलाई सुझावपत्र हस्तान्तरण गरेको थियो ।

तस्बिरः जनक राईबाट

सो क्रममा यायोक्खाले विभाग बाहिर प्लेकार्डसहित धर्ना पनि दिएको थियो भने भित्र विभागका कर्मचारीहरुसँग छलफल गरेको थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img