दैलेख । दैलेखमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुल्लु नगरपालिका वडा नं ९ पादुकाको गोबेधारामा भएको दुर्घटनामा टिपर चालक धनबहादुर बुढाको ज्यान गएको प्रहरीले जनाएको छ ।
नगरपालिका मुकामबाट पादुका स्वास्थ्य चौकीको फर्निचर पुर्याएर पादुकातर्फ गइरहेको भे १ ग ७७ नम्बरको टिपर दुर्घटना हुँदा चालककाे घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जनाए ।
दुर्घटनामा दुल्लू नगरपालिकाका कार्यालय सहयोगीद्वय दुल्लु ७ का ३५ वर्षीय नगेन्द्र रावत र दुल्लु २ का ३२ वर्षीय पूर्णबहादुर थापा घाइते भएका छन् ।
उनीहरूकाे दुल्लु अस्पतालमा उपचार भइरहेको छ ।
