नेवाः पत्रकार दबूको अध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ

ललितपुर । नेवाः पत्रकार दबूको चौथो महाधिवेशनबाट नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन, महिला खुला उपाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, महिला उपाध्यक्षमा रचना श्रेष्ठ, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा सन्दीपकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा कृष्णकाजी (केके) मानन्धर, सचिवमा राजु नापित, कोषाध्यक्षमा बाबुकाजी साँछे श्रेष्ठ, खुला सहसचिवमा प्रजित शाक्य, महिला सहसचिवमा सुनिता महर्जन, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहसचिवमा विजयराम कर्माचार्य, सहकोषाध्यक्षमा तेजनारायण महर्जन निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा रत्नकृष्ण श्रेष्ठ (उपत्यकाबाट), पूर्णभक्त दुवाव, दानदास श्रेष्ठ, अनिता डङ्गोल, अनुप प्रधान, मीरा बज्राचार्य र उत्तमकुमार श्रेष्ठ (गण्डकी प्रदेश) निर्वाचित भएका छन् भने लेखासमिति संयोजकमा विगेन तुलाधर निर्विरोध निर्वाचित भए ।

महाधिवेशनकाे अवसरमा छ पत्रकारलाई पुरस्कृत गरिएकाे छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img