लाेसपाले विश्वासकाे मत दिने कि नदिने ? निर्णय गर्ने अधिकार महन्थ ठाकुरलाई

काठमाडाैं । चारजना सांसद भएकाे लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

आइतबार काठमाडाैंकाे बबरमहलमा बसेको पार्टीकाे कार्यकारिणी समिति बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने/नदिने निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो ।

लोसपाले सरकारलाई समर्थन समेत गरेको छैन ।

लाेसपाका नेता केशव झाकाअनुसार बैठकमा संगठन विस्तारदेखि समसामयिक राजनीतिक परिस्थिति, मधेस प्रदेशको संसदीय दलकाे नेता चयन, विधान संशोधनलगायत विषयमा छलफल भएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्