प्रधानमन्त्री दाहाललाई इतिहासमै सबैभन्दा बढी विश्वासकाे मत

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको इतिहासमै सबैभन्दा बढी विश्वासको मत पाएका छन्  ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्पन्न मतदानपछि विश्वासको मत प्रस्तावको पक्षमा २६८ र विपक्षमा मात्र २ परेको छ ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले समेत विश्वासकाे मत दिएकाे छ ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्रै विपक्षमा मतदान गरेका छन् ।

मतदानमा २७० सांसद सहभागी थिए ।

प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसमध्ये टेकबहादुर गुरुङ निलम्बित छन् भने राप्रपाका पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् ।

सांसद किशोरसिंह राठोर, मनोरमा शेरचन र अम्बिका बस्नेत भने मंगलबारको बैठकमा अनुपस्थित थिए ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्