खाना नपकाएकाे भन्दै लात्तीले हान्दा श्रीमतीकाे मृत्यु

झापा । झापाकाे अर्जुनधारा नगरपालिका-९ खरबन्दीका ३६ वर्षीया प्रमिला भुजेल घिसिङकाे श्रीमान्काे कुटाइबाट मृत्यु भएकाे छ ।

प्रमिलाका श्रीमान् ३५ वर्षीय विश्वराज घिसिङले मंगलबार बेलुकी घर झगडा हुँदा उनलाई लात्तीले हिर्काएका थिए । उनकाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।

उनीहरु खरबन्दीका वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्दै आएका थिए । प्रहरीले विश्वराजलाई गएराति नै पक्राउ गरी अनुसन्धान अगाडि बढाएकाे छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img