पृथ्वीनारायणको योगदानप्रति विवाद गर्नु आवश्यक छैनः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाैं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रनिर्माण पृथ्वीनारायण शाहबाट भएको भूमिका बारेमा कसैले विवाद गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

३०१औँ पृथ्वीजयन्तीका अवसरमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा काठमाडाैंमा आयोजित चियापान कार्यक्रमा उनले राज्य विस्तारकै क्रममा वस्तुगत तहमा नेपालको भूभागको पुनः एकीकरण उनीमार्फत भएको उल्लेख गरे ।

उनले भने, “पृथ्वीनारायणको योदानलाई सम्मान गर्दै सरकारले आजको दिनलाई बिदा दिने कार्यले ऐतिहासिक महत्त्व स्थापित भएको छ।”

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि पृथ्वीनारायणको योगदानका विषयमा कुनै विवाद नै नरहेको टिप्पणी गरे ।

उनले भने, “आफूले पहिलेदेखि भन्दै आएको विषय हो, नयाँ मान्यता बोकिएको होइन, राष्ट्रका विभूतिमध्ये उहाँ एक हुनुहुन्छ। जसले विदेशीसँग लडेर आफनो भूमि रक्षा ग¥यो, आधुनिक नेपाल निर्माणमा भूमिका खेल्यो, त्यसको योगदान बिर्सने कुरै आउन्न, उहाँको शालिक तोडफोड हुँदा त्यस बेला विरोध गर्ने मै हुँ ।”

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्