एकीकृत समाजवादीकाे विद्यार्थी संगठनद्वारा जनक शिक्षा केन्द्र घेराउ

काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीनिकट विद्यार्थी संगठन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र घेराउन  गरेको छ ।

युनियनका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा केन्द्रको मूल गेटअगाडि विरोध तथा घेराउ कार्यक्रम गरिएको हो ।

केन्द्रमा देखिएको चरम भ्रष्टाचारको छानबिन हुनुपर्ने र विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने माग राख्दै थालिएको प्रदर्शनमा केन्द्रीय उपाध्यक्ष हिरेन्द्र शाही, महासचिव आरती लामा लगायत पाँच दर्जनको उपस्थिति रहेको थियाे ।

आन्दोलनकारीहरुले हातमा प्लेकार्ड बोकेर चर्को नाराबाजी गरेका थिए ।

उनीहरुले ‘विद्यार्थीलाई पाठ्यपुस्तक समयमा नै उपलब्ध गर’, ‘जनक शिक्षा सामग्री केन्द्रमा भएको भ्रष्टाचार छानबिन गर’, ‘सेभ जनक शिक्षा सामग्री केन्द्र’, ‘अनिलकुमार झा मुर्दावाद’, ‘अनिलकुमार झा राजीनामा दे’, ‘अनेरास्ववियु जिन्दावाद’ लगायत नारा लगाएका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img