‘जथाभावी नबोल्नुस्’- मन्त्री लिम्बू, ‘म निर्वाचित मेयर हुँ नबिर्सनुस्’- प्रमुख साम्पाङ

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई अचेल कतिपयले ‘अहंकारी मेयर’को रुपमा लिन थालेका छन् ।

बुधबार एक सार्वजनिक कार्यक्रममै प्रदेश १ का खानेपानी, सिंचाइ उर्जामन्त्री तिलकुमार लिम्बूसँग उनको चर्काचर्की पर्यो ।

‘पालिका सवाल’ शीर्षक एक टेलिभिजन कार्यक्रममा प्रमुख साम्पाङ र मन्त्री लिम्बूबिच चर्काचर्की परेको हो ।

कार्यक्रममा प्रमुख साम्पाङले धरान उपमहानगरपालिकाभित्र आफूलाई जानकारी नहुने प्रदेशबाट आएका कुनै पनि विकासको योजना रोक्ने चेतावनी दिए ।

विकासका योजनाहरु ल्याएर कार्यान्वयन गर्दा आफूहरुसँग समन्वय नगरेको उनको आरोप छ ।

मन्त्री लिम्बू र प्रमुख साम्पाङबिच प्रदेश र स्थानीय तहको क्षेत्राधिकारको विषयमा चर्काचर्की परेको हो ।

मन्त्री लिम्बूले सबैले संविधानले ताेकेकाे क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने बताए । सो क्रममा उनले जथाभावी नबोल्न प्रमुख साम्पाङलाई सचेत गराए ।

प्रमुख साम्पाङले आफू पनि जनताबाट निर्वाचित मेयर रहेको कुरा नबिर्सन मन्त्रीलाई अनुरोध गरे ।

कार्यक्रममा सुनसरी क्षेत्र नं १ (१)बाट निर्वाचित सांसद रमेश बस्नेत पनि सहभागी थिए ।

बाँकी भिडियाेमाः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्