दसैँको फूलपाती मगरलाई किन बोकाइन्छ? दसैँ मगरकै पर्व भएर हो?

आश्विन शुक्ल पक्षकाे सप्तमी तिथिमा दसैँघर अर्थात् कोटमा फूलपाती भित्राउने चलन छ। मूलतः कोटपूजाकाे परम्परा मगरात क्षेत्रमा देखिन्छ।

इतिहासकाे एउटा कालखण्डमा मगराती राजाले काठमाडौँ विजय गर्‍यो। विजयी राजाले नयाँ विजित राज्यमा आफ्नो परम्परा पनि थोपर्ने नै भयो।

कोटपूजाको चलन काठमाडौँमा पनि सुरु गरियो। फूलपाती भने गोरखाबाटै ल्याउने गरियो। त्यही गोरखाबाट ल्याइएको फूलपाती काडमाडौँको कोटभण्डारमा भित्राउने चलन सांस्कृतिक परम्परा बन्यो।

आजसम्म पनि गाेरखादेखि फूल्पातिको डोली काठमाडाैँ पुर्‍याउने चलनले निरन्तरता पाएकै छ। चार जात छत्तिस वर्णको फूलबारी भन्ने नाम पाएको गाेरखा राज्यमा फूलपाती बोक्ने जिम्मा मगर वंशलाई दिइएको देखिन्छ।

फूल्पाती बोक्ने काँध किन मगरकै चाहिएको होला? सप्तमीको फूलपाती र मगरको काँधकाे बिचमा साइनो के होला?

पछिल्लो कालखण्डतिर शाह-राणाहरूले भरियाको काम तामाङबाट लिने गरेका थिए। फूलपाती भने तामाङलाई नबोकाएर किन मगरलाई बोकाउने गरे होलान्?

सामन्ती समाजमा श्रमले सम्मान पाउँदैन। उस जमानामा भरियागिरी अवश्य तुच्छ कामको कोटीमा पर्थ्यो, अर्थात् फूलपाती मगरलाई बोकाउनुको अर्थ मगरको बलियो काँधको सम्मान थियो भन्न सकिन्न।

के होला त कारण? यो विचारणीय प्रश्न हो।

ऐतिहासिक सन्दर्भ हेर्दा गोर्खाली फौजमा मगरहरू सम्मिलित थिए। नेपाल एकीकरणमा अरु जातिको भन्दा कम रगत मगरकाे बगेको होइन। तर भारी बोकाउने कुरा कसरी सहादतकाे सम्मान हुन्छ र?

बरु के हुन सक्छ भने गोर्खाली राज्यले आफूलाई अन्याय गर्‍यो भनेर जयन्त राना काठमाडौँका राजा जयप्रकाशको शरणमा गएका थिए। नुवाकोट जितेपछि जयन्त रानालाई देशद्रोहीको आरोपमा छाला काडियो, नुनचुक दलेर तड्पाइतड्पाइ मारियो।

उनै देशद्रोहको आरोप लागेका जयन्त रानाका नाता-कुटुम्ब र भाइहरूलाई गाेरखादेखि काठमाडाैँसम्म फूलपातीको नाममा भोकोपेट भारी बोक्नुपर्ने सजाय दिइएको हुनाले श्राद्धमा बिरालो बाँध्ने परम्परा बसेको पाे होला कि?! अथवा दसैँ मगरकै पर्व हाे, तिम्रो पर्वको लागि आवश्यक पर्ने फूलपाती तिमी आफैले बोक भनिएको पो होला कि?

(याे सामग्री चन्द्रप्रकाश बाँनियाकाे फेसबुक वालबाट साभार गरिएकाे हाे। स.)

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्