काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीकाे बेला एकजना प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेकाे विराेधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने घाेषणा गरेकाे छ ।
संघले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी आइतबार देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने घाेषणा गरेकाे हाे ।
शुक्रबार राष्ट्रपति भण्डारी संघीय संसदलाई सम्बाेधन गरेर महाराजगञ्जस्थित शीतल निवास फर्कने क्रममा सवारी क्षेत्रमा पर्ने सडक खाली गरिएकाे थियाे ।
राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह काम सकेर घर फर्कन लाग्दा उनीमाथि एकजना प्रहरीले सामान्य विवाद हुँदा नै टाउकाेमै कुटपिट गरेका थिए ।
संघले लाेकतान्त्रिक गणतन्त्रमा पनि राष्ट्रपतिकाे सवारीमा अस्वाभाविक रुपमा सुरक्षा व्यवस्था गरिएकाे र साेही कारण घण्टाैसम्म सर्वसाधारणले जाम खेप्नु परिरहेकाे भन्दै कुनै पनि बहानामा जनतालाई सास्ती नदिन सरकारसँग माग गरेकाे छ ।
डा. सिंहमाथि कुटपिट गर्ने प्रहरीलाई भने निलम्बन गरी अनुसन्धान अघि बढाइएकाे छ ।