अब गाेदावरीमा नगरप्रहरी

ललितपुर । ललितपुर गोदावरी नगरपालिकाले नवनियुक्त नगरप्रहरीलाई दज्र्यानी चिह्न प्रदानसहित ‘फिल्ड’मा खटाएको छ ।

नगरप्रमुख गजेन्द्र महर्जनले आइतबार चापागाउँस्थित नगरपालिका प्रांगणमा नवनियुक्त नगरप्रहरीलाई दज्र्यानी चिह्न प्रदानपछि कार्यक्षेत्र खटाइएको हो ।

गत १६ असार २०७९ मा सूचना प्रकाशन गर्दै नगरपालिकाले पहिलोपटक नगरप्रहरीका लागि करार सेवाअन्तर्गत नियुक्ति आह्वान गर्दै दरखास्त पेस गर्न सूचित गरेको थियो । जसअनुसार प्रहरी सहायक निरीक्षक १ र १४ प्रहरी जवानमा ११ पुरुष तथा ३ महिला गरी कुल १५ जनशक्ति छन् ।

१८ पूरा भई २५ वर्ष ननाघेकाले र पूर्वसैनिक वा प्रहरीको हकमा भने ४० वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको थियो ।

प्रहरी सहायक निरीक्षकको हकमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण र जवानका लागि प्रवेशिका उत्तीर्ण वा सोसरह हुनुपर्ने सूचनामा उल्लेख छ । पूर्वसैनिक वा प्रहरीका लागि भने शैक्षिक योग्यता लागू गरिएको छैन ।

त्यस्तै, पुरुषको हकमा उचाई ५ फिट २ इन्च, छाती कम्तीमा ३१ देखि ३३ इन्च, तौल कम्तीमा ५० केजी र महिलाका लागि उचाई कम्तीमा ५ फिट, तौल ४२ केजी तोकिएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्