खोटाङ । सभा, गोष्ठी, धर्ना, जुलुस निकालेर मात्र कोशी प्रदेश नाम फेरिने र पहिचानका आधारमा नाम राख्न सकिने सम्भावना छैन ।

तर, सामाजिक तथा जातीय संस्थाहरु संलग्न रहेकाे प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको लागि दोस्रो चरणमा फेरि यस्तै प्रकारका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

समितिले चैत १० गते ताप्लेजुङ, ११ गते पान्थर, १३ गते झापा र १४ र १५ गते सुनसरीमा गाउँ–सहर जागरण मार्च अभियानको घोषणा गरेको छ ।

जसमा प्रशिक्षण दिने, प्रतिरोधका लागि समिति बनाउने लगायत उल्लेख छ ।

समितिले कोशी प्रदेशको १४ वटै जिल्लामा सभाहरु गर्ने, काठमाडौंमा मोटरसाइकल जुलुस निकाल्ने, राजनीतिक दलहरुसँग छलफल गर्ने, सरकारी निकायहरुमा तालाबन्दी गर्ने र कालो झन्डा गाड्नेलगायत पुरानै कार्यक्रम राखेको छ ।

समितिले फेरि एकपटक कोशी प्रदेशको राजधानी विराटनगरमा सभा गर्ने र अनिश्चितकालीन आमहडताल गर्ने पनि उल्लेख गरेको छ ।

तर, आमहडतालको समय भने पछि तोकिने उल्लेख छ ।