पहिचानकाे लागि युवा काठमाडौँ उपत्यका समिति गठन

काठमाडौँ । कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउने उद्देश्यका साथ शुक्रबार जहरमान थेवेको संयोजकत्वमा पहिचानको लागि युवा काठमाडौँ उपत्यका समिति घोषणा गरिएको छ ।

२०१ सदस्यीय समितिको सहसंयोजकहरुमा कुलदीप राई र तुलाराम मगर छन् ।

शुक्रबार काठमाडौँको कोटेश्वरस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी समिति घोषणा गरिएको हो ।

गाउँदेखि सहरसम्म पहिचानको लागि युवा नाराका साथ समिति घोषणा गरिएको हो ।

समितिले कोशी नामकरण खारेजीको आन्दोलनलाई व्यवस्थित र सशक्त बनाउन स्वयम्सेवकको भूमिका निर्वाह गर्नेछ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img