निजी र सरकारी शिक्षाको असमानता हटाउने गरी शिक्षा ऐन ल्याइँदै छः मन्त्री राई

विश्वविद्यालयहरुलाई अलिक नयाँ ढङ्गबाट सुधार गर्नुपर्छ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले निजी र सामुदायिक विद्यालयको शिक्षामा देखिएको असमानता हटाउने गरी सङ्घीय शिक्षा ऐन प्रस्ताव गरिएको बताएका छन् ।

मन्त्री राईले हिजो (बुधबार) संसदमा सांसदहरुले शिक्षाकाे बारेमा उठाएका प्रश्नहरुको जवाफ दिँदै निजी र सामुदायिक विद्यालयको बीचको खाडललाई परिपूर्ति गर्ने तथा हुने र नहुनेहरुको बीचको शिक्षामा देखिएको विभेदकारी अवस्थालाई सम्बोधन गर्ने गरी सङ्घीय शिक्षा ऐन प्रस्ताव गरिएको बताएका हुन् ।

‘निजी र सामुदायिक विद्यालय बीचको खाडललाई कसरी परिपूर्ति गर्ने भन्ने मन्यज्युहरुको जिज्ञासा छ, हुने र नहुनेहरुको बीचमा शिक्षामै विभेदकारी अवस्था देखापर्यो भन्ने जिज्ञासा छ, यसलाई पनि विद्यालय शिक्षा ऐनको माध्यमबाट सम्बोधन गर्ने गरी प्रस्ताव गरिएको छ,’ जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका मन्त्री राईले भने, ‘विद्यालय शिक्षा ऐनलाई कुन रुपमा पारित गर्दाखेरि यो विभेदजन्य अवस्थालाई सम्बोधन गर्न सकिन्छ, त्यसमा मान्य सदस्यहरुको सहभागिताको मैले अपेक्षा राखेको छु ।’

सो क्रममा मन्त्री राईले सङ्घीय शिक्षा ऐनलाई संसदमा पेस गर्नका लागि गत असार ४ गते नै मन्त्रीपरिषद्मा दर्ता गरिएको पनि जानकारी दिए ।

उनले पढ्नका लागि पनि विदेश जानुपर्ने, रोजगारीका लागि पनि विदेश जानुपर्ने अवस्था सिर्जना हुँदा ‘स्वदेश खत्तम विदेश उत्तम’ भन्ने सामाजिक मनोविज्ञानको विकास भएको र त्यो खालको मनोविज्ञान खतरनाक रहेको पनि बताए ।

उनले दातृ निकायहरु पनि सङ्घीय शिक्षा ऐन बनेपछि नेपालको शिक्षाको गुणस्तर विकासमा सहयोग गर्न तत्पर रहेको बताए ।

‘२०२८ सालको शिक्षा ऐनले आज पनि हाम्रो शिक्षालाई सञ्चालन गरिहेको अवस्थाको अन्त्य हुनुपर्छ । त्यो अन्त्य हुने क्रममा नै हामीले थुप्रै कुराहरुको समाधान दिन सक्छौँ,’ उनले भने, ‘शिक्षक दरबन्दी व्यवस्थापनका कुरा, विद्यालय निरीक्षणका कुरा, विद्यालय जनशक्ति व्यवस्थापनदेखि लिएर पाठ्यक्रम व्यवस्थापनका कुरामा यहाँहरुले जिज्ञासा राख्नुभएको छ, यो ऐन बनेपछि धेरै कुरा पूरा गर्न सक्छौँ ।’

विद्यालय शिक्षा ऐन बनेपछि विद्यालय शिक्षाको धेरै समस्याहरुको हल हुने र उच्च शिक्षामा भने अभैm धेरै काम गर्नुपर्ने मन्त्री राईको भनाइ छ ।

‘विश्वविद्यालयहरुलाई हामीले अलिक नयाँ ढङ्गबाट सुधार गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘त्यसका पदाधिकारीहरुको नियुक्तिको प्रक्रियादेखि लिएर पठन–पाठनको प्रक्रियादेखि लिएर, विद्यार्थी भाइबहिनीहरुलाई कस्तो किसिमको नैतिक शिक्षा दिने हो ? उहाँहरुमा कसरी जिम्मेवारीको भावना विकास गर्ने हो ? कसरी सद्भाव, सदासयता, विवेक, दया, करुणाको भावना बोकेको पात्रको रुपमा उहाँहरुलाई रुपान्तरित गर्ने हो भन्ने सम्बन्धमा हामीले गम्भीरतापूर्वक मिहिनेत गर्नुपर्ने आवश्यक छ ।’

सो क्रममा उनले पढ्नका लागि पनि विदेश जानुपर्ने, रोजगारीका लागि पनि विदेश जानुपर्ने अवस्था सिर्जना हुँदा ‘स्वदेश खत्तम विदेश उत्तम’ भन्ने सामाजिक मनोविज्ञानको विकास भएको र त्यो खालको मनोविज्ञान खतरनाक रहेको पनि बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. स्वागतयाेग्य छिटाे शिक्षाएेन ल्याईयाेस

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्