प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदबाटै सच्याउन अशोक राईको माग

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको ‘नेपालको तर्फबाट पनि भारतको जमिन मिचिएको’ भन्ने अभिव्यक्ति संसदबाटै सच्याउन माग गरेका छन्।

अध्यक्ष राईले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदबाटै त्यसलाई सच्याउनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा नेपालको तर्फबाट पनि भारतको भूमि अतिक्रमण भएको आशयको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको उक्त भनाइप्रति विभिन्न राजनीतिक दलहरूले विरोध जनाएका छन्। यद्यपि, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेता तथा सांसदहरूले भने प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गरेका छन्।

यस विषयलाई लिएर राजनीतिक वृत्तमा बहस जारी रहेको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्