नेवाः खलः कास्कीको अध्यक्षमा पालिखे

नेवाः खलः कास्कीको अध्यक्षमा पुनः अशोक पालिखे सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिबार पोखरामा आयोजना गरिएको अधिवेशनबाट पालिखेसहित पदाधिकारी, सल्लाहाकार तथा आमन्त्रित सदस्यहरु मनोनित गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ, महासचिवमा श्रीकृष्ण कतिला, उपमहासचिवमा भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्र बहादुर राजभण्डारी चयन भएका छन् ।

बन्दसत्रले नवनिर्वाचित अध्यक्षलाई सदस्य तथा आमन्त्रित सदस्यहरु चयनको जिम्मेवारी दिएपछि उनीहरुको पनि क्लस्टर अनुसार चयन गरिएको हो ।

सदस्यहरुमा संगीता बज्राचार्य, विनित जोजिजु, कृष्णबहादुर श्रेष्ठ, सुशील गोशली र गोपाल बाटाजु चयन भएका छन् । यस्तै संस्थागत तर्फबाट सन्तोष श्रेष्ठ, हर्कमान शाही र श्रवणलाल जोशी चयन भएका छन् ।

परिषदतर्फबाट सदस्यमा शान्तकुमार श्रेष्ठ र शुरेन्द्र श्रेष्ठ चयन भएका छन् ।

यस्तै अध्यक्षबाट मनोनित भएका सदस्यहरुमा रजनी श्रेष्ठ, विक्रम उदास, शान्तकुमार श्रेष्ठ, रिशव तिमिला र लील बहादुर श्रेष्ठ रहेका छन् ।

समितिकोे कार्यकाल ३ वर्षको रहनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्