वरिष्ठ साहित्यकार राजन मुकारुङको उपन्यास दमिनी भीरबाट निर्माण गरिएको नाटक ‘दमिनी भीर’ शुक्रबारदेखि काठमाडौंको थापाथलीस्थित मण्डला नाटकघरमा मञ्चन सुरु गरिएको छ ।
हरेक पटक राजनीतिक सामाजिक सन्देशसहित नाटक तयार पार्ने मुकारुङको यो नाटकले पनि अग्रगमनको सन्देश दिएको छ ।
इँगिहोपो कोइँच सुनुवारले निर्देशन गरेको यो नाटक हरेक दिन साँझ ५ः१५ बजे र शुक्रबार र शनिबार दिउँसो १ बजे पनि १७ दिनसम्म मञ्चन हुने बताइएको छ ।
नाटकमा निर्देशक किरण चाम्लिङसहित पुनम थापा, सीता राई लगायत १६ जना कलाकारहरुको अभिनय छ ।
नाटकको पहिलो सोमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख उपस्थिति रहेको थियो भने अन्य चिरपरिचत कलाकारहरुको पनि सहभागिता रहेको थियो ।