पहिचानवादी युवाहरुलाई रिहा नगरे असोज ३० देखि धनकुटा ठप्प पारिने

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले गत असोज २५ गते पक्राउ गरिएका धनकुटा चौबिसेका मनकुमार याम्फु, बुलन चेम्जोङ र सानु लिम्बुलाई रिहा नगरे असोज ३० गतेदेखि धनकुटा जिल्ला ठप्प पार्ने चेतावनी दिएका छन् ।

आइतबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिकाे घटक दलका अध्यक्ष समेत रहेका पालुङ्वाले सो चेतावनी दिएका हुन् ।

सो क्रममा उनले पक्राउ गरिएकाहरुलाई राजबन्दी सरह सुविधा दिएर राख्नुपर्नेमा त्यसो नगरिएको पनि बताए ।

पत्रकार सम्मेलनमा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति धनकुटाका संयोजक सञ्जय सन्तोषी राईले हस्ताक्षर गरेको प्रेस विज्ञप्ति पनि वितरण गरिएको थियो ।

जसमा कोशी प्रदेश खारेजको आन्दोलनलाई उत्तेजित नबनाउन सरोकारवालासँग आग्रह पनि गरिएको छ ।

समितिले यसअघि नै पक्राउ गरिएकाहरुलाई असोज २९ गतेभित्रमा नछोडे असोज ३० गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गर्ने घोषणा गरेकाे थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्