माथिल्लाे मुगुमा यस वर्ष पहिलाे पटक शनिबार हिमपात भएकाे छ । गत वर्ष असाेज ३० गते नै हिमपात भएकाे थियाे ।
हिमपातले गर्दा चिसो बढेको मुगमकार्मारोङ गाउँपालिका वडा नम्बर २ का तोर्चे लामाले बताए ।
साे स्थानमा शनिबारको तापक्रम माइसन सात डिग्री मापन भएकाे छ ।
जिल्लाको उत्तरी भेगमा पर्ने मुगुगा, डोल्पुगाउँमा हिमपातले सेताम्मे भएको छ ।
मुगुका अन्य केही गाउँ बस्तीमा भने तिहारको टीका लगाउने दिन नजिकै आउन लाग्दा चिसो बढेपछि बजारमा सामान किन्न जाने सेवाग्राही समस्यामा परेका छन् ।