जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पा नेकपा एमालेनिकट युवा संगठनको कार्यक्रममा वक्ता भएका छन् ।
पहिचानवादी नेता मानिने नेता शेर्पाले बिहीबार पहिचानविरोधी पार्टी मानिने एमालेको कार्यक्रममा सहभागी भएर राजा र हिन्दु राज्यको एजेन्डा बोकेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंको विरोध गरे ।
एमालेनिकट राष्ट्रिय युवा संघले काठमाडौंको तिनकुनेमा आयोजना गरेको सभामा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव समेत रहेका शेर्पाले राजतन्त्रको लागि आन्दोलन गर्ने दुर्गा प्रसाईं अन्तिम मान्छे हुने दाबी गरे ।
उनले जनताले नासोको रुपमा थन्क्याइसकेकाे श्रीपेच राजाले कहिल्यै नपाउने बताए ।
उनले भने, ‘राजा हुनको लागि चाहिने श्रीपेच र राजदन्ड नारायणहिटी संग्रहालयमा २०६२, ३३ को जनआन्दोलनले थन्क्याइसकेको छ ।’
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्रीपेच लाउने रहर भए नारायणहिटीको गेट अगाडि पुगेर उभिन चेतावनी दिए । ज्ञानेन्द्र शाह नारायणहिटीकाे गेट अघि उभिए उनकाे छातीमा गाेली बर्सिने शेर्पाले बताए ।
बिहीबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा प्रदर्शन गरेका छन् भने राष्ट्रिय युवा संघले तिनकुनेमा सभा गरेको छ ।
राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईं सतहमा एकार्का विरोधी जस्तो देखिए पनि उनीहरुकाे मकसद एकै रहेको कतिपयको टिप्पणी छ ।
एमाले गणतन्त्रकाे पक्षमा रहेको शेर्पा भनाइ छ ।